Logo

कांग्रेसको १४ औँ महाधिवेशन ७७ साल फागुन ७ देखि १० गतेसम्म



काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकले १४ औँ महाधिवेशनको मिति तोकेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बहिष्कारका बिच बसेको बैठकले २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय भएको हो ।

बैठकले अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ । माघबाट क्रियाशील सदस्यता वितरण तथा नविकरण हुनेछ ।

त्यसैगरी बैठकले विभागहरुको संख्या २८ बाट बढाएर ४१ बनाउने निर्णय पनि भएको छ । कार्यकाल सकिएको नेपाल तरुण दलको अवधि ६ महिना थप्ने निर्णय पनि भएको छ । पार्टी कार्यलय सानेपामा बसेको बैठकमा सभापति शेरबहादुर देउवा पक्षधरको मात्रै उपस्थिती थियो । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै पौडेल पक्षधरले बैठक बहिस्कार गरेको थियो ।

बैठकले नेविसंघको निर्वाचन बारे सम्पुर्ण अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । पौडेल समुहको वहिष्कारका सम्बन्धमा भने प्रवक्ता विश्वप्रकास शर्माले कतिपय समयमा सहमति पुर्वक निर्णय हुने र कतिपय अवस्थामा केन्द्रीय र्कासमितिको उपस्थितिको संख्याले पनि निर्णय गर्नुपर्ने परम्परा बमोजिम बैठकमा प्रस्तावित विषयहरु बारेमा निर्णय गरिएको स्पष्ट पारे ।

बैठकले भारतको अतिक्रमणमा परेको नेपाली भुभाग फिर्ता गर्ने सन्र्दभमा सरकारले उच्चस्तरमा कुटनीतिक पहल नगर्नुलाई गम्भीरता पुर्वक लिदै ती भु भागबाट भारतीय सेना फिर्ता हुनुपर्ने प्रस्ताव पास गरेको छ । बैठकले संवादलाई अघि बढाएर सिमा विवाद निष्कर्षमा पुर्याउनुपर्छ भन्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै बैठकले नेपाल विशेष सेवा सम्बन्धी विधेयक जबरजस्ती अघि बढाउन खोजे संसद र सडकमा दृढतापुर्वक उभिने निर्णय गर्दै विधेयक फिर्ता गर्न सरकारसंग अपिल गरेको छ । त्यसैगरी अमेरिकी सरकारसंग गरेको सम्झौता एमसिसिलाई सरकराले विभिन्न वहानामा अवरुद्ध बनाउन खोजेको विषयलाई गम्भीरतापुर्वक लिदै यथाशिघ्र सम्झौता संसदमा पेश गर्न भनेको छ ।

विना प्रतिष्पर्धा समय बाँकी छदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिसोर्टलाई पुन लिजमा दिनु, ट्रष्टको दरबारमार्ग र लुम्बिनीको जग्गा, धरानमा निजी क्षेत्रबाट विमानस्थल निर्माण गर्ने भन्दै लिईएको जग्गामा गम्भीर नबनेर राष्टिय सम्पत्तिको रक्षक नभई दोहनमा सहयोगी पात्र बनेको निष्कर्ष निकाल्दै बैठकले त्यसको भत्र्सना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot