Logo

पत्नी पिडित आश्रम



हामीले धेरै पति पिडित महिलाहरु मात्र भेटने गरेका छौं । कहिले काहीं पति पनि पत्नीबाट पिडित भएका हुन्छन् । यो झन ठूलो विषय हो ।

जब श्रीमती श्रीमान् माथी अत्याधिक हावी हुन्छन् तब श्रीमान निरिह हुन्छन् । हाल भारतको औरंगाबादमा पत्नी पिडित आश्रम चलिरहको छ । यो आश्रममा केवल पत्नी पिडितमात्र बस्न सक्छन् ।

आश्रमका संस्थापक भारत फुलारे स्वयं पत्नी पिडित हुन् । उनकी पत्नीले उनीमाथि १४७ केसमा अभियोग लगाएकी थिइन् । २०१६ मा यो आश्रमको स्थापना गरिएको थियो । आश्रम खोलिएको समयमा ५०० भन्दा बढी पिडित मानिसहरु आएर सोधपुछ गरेका थिए र केही भने उक्त दिनबाट नै बसेका थिए । आश्रमले एउटा नीति बनाएको छ जसमा पत्नीले २० वटा केस गरेको हुनुपर्ने जनाइएको छ ।

यो आश्रम १२०० वर्गफिटमा फैलिएको छ । तीनवटा कोठा छन् । शनिबार र आइतबार पत्नी पिडितहरुले सोधपुछ गर्ने दिन छुट्टाइएको छ । यहाँ सबैले आफै खर्च उठाएर आफै खाना बनाएर खाने गर्छन् । आश्रमका फाउन्डर फलारेले केसको अध्ययन गर्ने र आवश्यक परे विशेषज्ञसंग परामर्श पनि लिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्