Logo

भ्रमण वर्षको संयोजकबाट बैद्यलाई हटाईँदै



काठमाडौं, १६ पुष । आजबाट नेपाल भ्रमण वर्ष-२०२० को भव्य शुभारम्भ भएको छ । तर, उक्त भ्रमण वर्षलाई सफल तुल्याउनको लागि नियुक्त गरिएका राष्ट्रिय संयोजक सुरज बैद्यलाई भने सरकारले हटाउने तयारी गरेको छ । स्रोतकाअनुसार बैद्यको भूमिकाबाट वर्तमान पर्यटनमन्त्री योगेश कुमार भट्टराई सन्तुष्ट देखिएका छैनन् । उनले बैद्यको कामकारबाही सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी गराईसकेका छन् ।

आजको शुभारम्भ कार्यक्रममा संयोजक बैद्यको भूमिका हेर्दा उनी त्यति सन्तुष्ट देखिएका थिएनन् । बैद्य आफू राष्ट्रिय पोशाकमा आउनुपर्नेमा क्याजुअलमा देखिएका थिए । यसअपिघ पनि उनलाई संयोजकबाट हटाउने हल्ला चलेको थियो । तर, त्यतिवेला उनले नै ती हल्लामा सत्यता नभएको भन्दै स्पष्टीकरण दिएका थिए ।

उनले भनेका थिए, म हट्ने भन्ने हल्ला कपोकल्पीत, भ्रामक छ । सरकारले दिएको जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गरिरहेको छु । उनले त्यतिवेला भ्रमण बर्षलाई सफल र भव्य बनाउनको लागि तयारीलाई तिब्रता दिईरहेको जवाफ दिएका थिए । काठमाडौंमा पचास हजारको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्छु भनेका मन्त्री भट्टराईले संयोजक बैद्यकबाट खासै सहयोग नपाएको गुनासो पोख्न थालेका छन् ।

आजको उदघाटन समारोहमा अत्यन्तै कम मानिसको उपस्थिति रहेको थियो । त्यसमा पनि दुई तिहाईभन्दा बढि त नेपाल सरकारका कर्मचारीहरुको उपस्थिति थियो । जुन सरकारले अनिवार्य उपस्थितिको लागि उर्दी जारी गरेको थियो । बैद्यलाई सरकारले २०७५ साल कार्तिक १६ गते संयोजकमा तीन वर्षको लागि नियुक्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot