Logo

उपसभामुख तुम्बाहाम्फेको उद्घोष : मै हुँ अबको सभामुख, मेरो विकल्प छैन्



काठमाडौं, २७ पुष । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफू सभामुख नबनेसम्म अहिलेको गतिरोधको निकास ननिस्किने बताएकी छिन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेकी हुन् ।

उनले भने,‘म सभामुख नबनेसम्म अहिलेको समस्याको निकास निस्कँदैन् । नेकपाले सभामुखमा मलाई अघि सार्नुको विकल्प छैन् । आजपनि मैले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेको छु । मैले उहाँहरुसँग स्पष्ट रुपमा यो कुरा राखेको छु ।’ उनले सभामुखमा आफूलाई नै अघि सार्न नेकपा नेतृत्वलाई आग्रह गरेको पनि सुनाईन् ।

यदि नेकपाले आफूलाई सभामुखमा अघि नसारे संसद बैठक सूचारु गर्ने पनि उनले स्पष्ट पारिन् । उनले भनिन्,‘म बैठक अघि बढाउँछु । मैले बैठक अघि बढाउँदा नेपाले सभामुख गुमाउने निश्चित् छ । त्यसो हुँदा प्रतिपक्षी दलले सभामुख पाउँछ ।’ उनले आफूले संविधानको मर्म र भावनालाई आत्मासात गरेको पनि सुनाईन् । उनले आफूले संसद बैठक यसरी स्थगित् गरिराख्नु ठीक नहुने पनि तर्क गरिन् । उनले भनिन्,‘संसद बैठक यसरी ग्याप नराखौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot