काठमाडौं, १५ माघ । कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १३२ पुगेको छ । उनीहरु सबै चिनियाँ हुन् । अहिलेसम्म सँसारभर छ हजार मानिस संक्रमित भएको तथ्यांक सार्वजनिक भएाके छ ।
चीनको उहान क्षेत्रबाट फैलिएको कोरोना भाइरस संसारका अन्य देशहरुमा समेत देखिएको छ । चीनबाहेक अन्य देशमा संक्रमितको मृत्यु भएको रिपोर्ट आएको छैन । तर, संक्रमण अन्य देशमा समेत देखापरेको छ । चीनबाहेक नेपाल, थाइल्यान्ड, जापान, अमेरिका, ताइवान, भियतनाम, सिंगापुर, मलेशिया, फ्रान्स क्यानडा र अष्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
गत वर्षको अन्ततिर चीनले निमोनियाबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको थियो । उहान क्षेत्रको समुन्द्री खाना पाउने बजार बन्द गरियो । त्यसको केही दिनमा कोरोना भाइरस प्रमाणित भई ११ जनवरीमा मानिसको मृत्यु भएको खबर सार्वजनिक भयो ।
कोरोना भाइरसकका कारण चीनको उहान क्षेत्र बन्द गरिएको छ । मानिसहरुलाई घरमै बस्न भनिएको छ । चीनले रोगविरुद्ध विभिन्न अभियान चालेको छ ।- Photo Source: Xinhua