Logo

कोरोना भाइरसले भारतीय स्मार्टफोनको उत्पादनमा असर



कोरोना भाइरसका कारण भारतीय स्मार्टफोन कम्पनीहरुलाई उत्पादनमा असर पर्ने देखिएको छ । भारतीय स्मार्टफोन कम्पनीहरु पूर्ण रुपले चीन प्रति निर्भर रहेका छन् । भारतीय स्मार्टफोन कम्पनीहरुले उत्पादन गर्ने स्मार्टफोनको अधिक्तम सामाग्री चीनबाट आयात हुने भएकाले भारतीय स्मार्टफोन कम्पनीहरुमा ठूलो असर पर्ने जनाइएको छ ।

हालमै अनियन्त्रीत कारोना भाइरसको संक्रमण फैलिएपछि चीनको अधिकांस सहरहरुमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ । यस कारणले सम्पूर्ण व्यवसायी क्षेत्रहरु प्रभावीत समेत भएको छ । भारत चीनपछि ठूलो मात्रामा स्मार्टफोन उत्पादन गर्ने देश छ । तर, स्मार्टफोनकमो अधिकांस पार्टहरु भारतले चीनबाट आयात गर्ने गर्दछ । ताइवान फक्सकन र वीसट्रोनले भारतमा आईफोन निर्माण गर्दछ ।

भाइरसले व्यापक रुप लिएपछि सामान आवतजावतमा गर्ने नसक्ने कारणले भारतीय स्मार्टफोन कम्पनीहरुलाई ठूलो धक्का पुग्ने जनाइएको छ । चीनको नयाँ वर्षसंगै बन्द गरिएको स्मार्टफोन कारखानाहरु कारोनो भाइरसले व्यापक रुप लिएपछि सो कारखानाहरु अझसम्म बन्द भएको कारण भारतीय स्मार्टफोन कम्पनीहरुले ठूलो क्षति भोग्नु परको छ । चीनले छिट्टै उक्त भाइरसबाट मुक्ति पाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । भाइरस नियन्त्रण नभए यसले विश्वकै अर्थतन्त्रमा प्रभाव पार्ने अनुमान विज्ञहरुले लगाएका छन् ।

विलासी कार कम्पनी ज्यागुआर र ल्याण्ड रोवर जस्ता प्रख्यात कम्पनीहरुको मार्केट समेत चीनमा अत्याधीक भएको कारण सो कम्पनीहरुमाथि पनि भाइरसको कारण ठूलो क्षति हुने जनाइएको छ । यस्तै गरि विमानहरुको आवतजावतमा रोक लगाइएपछि सो विमानहरुको अर्थिक क्षेत्रमा समेत धक्का पुग्ने जनाइएको छ ।Photo Source : Aljazeera



प्रतिक्रिया दिनुहोस्