Logo

चीनमा आठ दिनमा हजार शैयाको अस्पताल निर्माण (भिडियोसहित)



चीनले कोरोना भाइरसका विरामीको उपचारका लागि एक हजार शैयाको अस्पताल निर्माण पूरा गरेको छ । उहान क्षेत्रमा हुसेनसान अस्पताल आठ दिनमा बनेको हो । अस्पताल आजैबाट खुल्नेछ ।

अस्पताल निर्माणमा हजारौं कामदार र अत्याधुनिक प्रविधिको प्रयोग भएको थियो । चीनले कोरोना भाइरससँग जुध्न अस्पताल निर्माण देखि उपचार पद्धतिको विकासमा जोड दिइरहेको छ । भाइरसविरुद्धको भ्यासिन बनाउने पहल भइरहेको छ ।

चिनियाँ समाचार एजेन्सीका अनुसार अस्पताल आजै खुलिसकेको छ । संक्रमितको संख्या बढेपछि नयाँ अस्पतालहरु निर्माण गरिएका हुन् ।
यसैगरी उहानमै अर्को अस्पताल लिसेनसानमा खुल्दैछ । उक्त अस्पतालको निर्माण बुधबार पूरा हुनेछ ।-एजेन्सी

https://www.youtube.com/watch?v=vYtQo3qzF7w



प्रतिक्रिया दिनुहोस्