काठमाडौ, माघ २० । कोरोना भाइरसका कारण फिलिपिन्समा एकजनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट चीनबाहिर मृत्यु भएको यो पहिलो घटना हो । ती व्यक्ति बुहानबाट गएका ४४ वर्षिय चिनियाँ नागरीक रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भए लगत्तै फिलिपिन्स सरकारले चनिबाट आउने विदेशी नागरीकको आवागमनमा बन्द गरेको छ ।
‘चीन बाहिर कोरोना भाइरसको कारण मृत्यु भएको यो पहिलो घटना हो । ,’ फिलिपिन्सका लागी विश्व स्वास्थ्य संगठनका प्रतिनिधी रवीन्द्ले अबैयासिघेंले भने । विश्वभर फैलिएके कोरोना भाइरस बाट चनिमा मात्र मृत्यु हुने को सख्या ३०४ पुगेको स्वास्थ्य अधिकारीले बताएका छन् । अन्नपुर्ण पोस्ट दैनिकबाट