चीनमा फैलिएको कोरोना भाइरसबाट मर्नेको संख्या ४२६ पुगेको छ । सोमबार उक्त भाइरसबाट ६४ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसबाट वुहानमा हालसम्म २०,४७१ संक्रमित भएको जनाइएको छ । चीनबाहिर भने उक्त भाइरसबाट करिब १५९ जना संक्रमित भएको पुष्टि समेत भएको छ।
उक्त भाइरसबाट नियन्त्रण पाउन चीनले दस दिनमा हजार शैय्याको अस्पताल निर्माण सम्पन्न गरी सोमबारदेखि उपचार सुरु गरेको जनाइएको छ। चिनले त्यस्तैगरि १६०० शैय्याको अस्थायी अस्पताल निर्माण गर्न तिब्र गतिमा लागि परेको जनाइएको छ ।
हलमै उक्त संक्रमणबाट हङकङमा पनि देखा परेको छ । भाइरसका कारण हङकङमा एकजनाको ज्यान गएको जनाइएको छ। मंगलबार बिहान चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको भाइरसका कारण ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चीनबाहिर कोरोना भाइरसका कारण ज्यान गएको यो दोस्रो घटना हो। यसअघि फिलिपिन्समा एक पुरुषको ज्यान गएको थियो । भारतको केरेला मा पनि उक्त भाइरसको संक्रमण देखा परेको छ । उक्त संक्रमणबाट विश्व नै त्रसित भएको देखिन्छ । विश्व स्वस्थ संगठन ले समेत सतर्कता अपनाउन सम्पूर्ण विश्वलाइ आग्रह गरेका छन् ।