एजेन्सी, २३ माघ । कोरोना भाइरसको संक्रमणबाट बच्न चीनमा छ करोड मानिस घरभित्रै छन् । चीनको उवानसहित तीन शहरका मानिस घरभित्र निस्केका छैनन् । अत्यावश्यक काममा मात्र केही मानिस घरबाहिर आक्कलझुक्कल निस्किएका छन् ।
चीनका कतिपय शहरहरु सुनसान देखिन्छन् । अति व्यस्त सडकहरुमा आक्कलझुक्कल मात्र सवारी साधान र मानिसहरु देखिएका छन् । बेइजिङमा पनि कमै मानिसरु घरबाहिर जान थालेका छन् । वेन्जो जस्ता व्यापारिक केन्द्रहरु पनि ठप्प छन् ।
कोरोना भाइरसका कारण बिहिबार विहानसम्म ५६० मानिसको ज्यान गइसकेको छ । २८ हजार मानिस संक्रमित भएका छन् । सँसारका २५ भन्दा बढी देशहरुमा कोरोना भाइरसका विरामी देखिएका छन् ।