काठमाडौ, २४ माघ । प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमण रहेको चीनको हुपै प्रान्तबाट फर्कन चाहने नेपालीलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन् ।
ओलीले प्रधानमन्त्री निवास बालुुवाटारमा विहीबार आयोजित विशेष बैठकमार्फत नागरिकको स्वास्थ्य र सुरक्षामा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई समेत निर्देशन दिए ।
प्रधानमन्त्रीले चीनबाट फर्कन चाहने नेपालीका लागी क्वारेन्टाइनस्थल व्यवस्थित गरेर मात्र स्वेदेश ल्याउन निर्देशन दिएका उनका प्रेस सल्लाहकारले जानकारी गराएका छन् ।
ओलीले क्वारेन्टाइनको तयारीमा अविलम्ब जुट्न र सम्पुर्ण कार्य योजनाबद्ध रुपमा सम्पन्न गर्न समेत ध्यानानकर्षण गराएको आजको अन्नपुर्ण पोस्ट्मा खवर छ ।