काठमाडौं, माघ २४ । एक चिनियाँ महिला आपूmलाई कोरोना भाइरस भएको भनी ढाँटेर बलात्कारकोे प्रयास गर्ने एक व्यक्तिलाई भगाउन सफल भएकी छन् । २५ वर्षीय सियाओले गत शुक्रबार महिलाको बेडरुममा गएको र बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उक्त व्यक्तिले सेक्सुअल आक्रमणको प्रयास गरेसँगै स्वस्थ महिलाले आफू भर्खरै वुहानबाट आएको र कोरोना भाइरसको संक्रमित भएको भनेर चिच्याएकी थिइन् । त्यसैले आफू घरमा एक्लै क्वारेन्टाइनका लागि बसेको उनले बताएकी थिइन् ।
प्रहरीका अनुसार पीडित यीले आफूलाई खोकी लागेको भए पनि कोरोनाभाइरस भएको भनेर ढाँटेकी थिइन् । सियाओले उनको घाँटी थिच्ने र मुख छोप्ने प्रयास गरेका थिए । यीको यस किसिमको दाबीपछि उक्त अपराधी डराएर भागेका थिए ।यो घटना जिङ्सानको बाहिर रहेको पिङ्बा नगरमा भएको थियो । यो सहर वुहानबाट ३ घण्टाको ड्राइभिङको दूरीमा छ ।
यो घटना जिङ्सान सार्वजनिक सुरक्षा ब्यूरोले सोमबार सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । सियाओ स्थानीय बासिन्दा हुन् र सोही रात उनी पैसाविहीन अवस्थामा परिवारबाट छुट्टिएका थिए । उनीसँग पैसा पनि नभएकाले उनले महिलाको कोठाबाट केही पैसासमेत लुटेर लगेका थिए ।
उनी यीको घरमा प्रवेश गरेपछि यीलाई एक्लै देखेर बलात्कारको प्रयाससमेत गरेका थिए ।यीले प्रहरीलाई बोलाएपछि तत्कालै सहरमा उक्त व्यक्तिको खोजी सुरु गरिएको थियो । तर, सबै मानिसले फेस मास्क लगाएकाले अनुसन्धानमा केही कठिनाइ आएको अधिकारीले स्वीकार गरेका छन् ।तर, सोमबारपछि थोरै समयको अवधिमा सियाओ आफ्ना बुवासँगै फर्किएका थिए । उनले आफ्नो अपराध स्वीकार गरेका छन् । हाल उनी हिरासतमा रहेका छन् ।एजेन्सी