Logo

गच्छदारको बचाउ हैन, भ्रस्टाचारको गहिरो छानविनको माग : कांग्रेस



माघ २७, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकले भ्रष्टाचारका विषयमा स्पष्ट घारणा राखेको जवाफ दिएको छ । पार्टीको केन्द्रीय समिति बैठकपछि बोल्दै प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले देशमा भइरहेको भ्रष्टाचारकाबारे काँग्रेले स्पष्ट घारणा बनाएको बताएका हुन् ।

ललिता निबासको जग्गा प्रकरणमा काग्रेसले आफ्नो धारणा प्रष्ट पारेको जानकारी दिए । उनले भ्रष्टाचारको गहिरो छानविन गर्नुपर्ने माग कांग्रेसले उठाएको बताएका हुन् । कुनै राजनीतिक आस्थाका आधारमा सरकारले गलत व्यवहार गर्नु राम्रो नहुने उनले बताए ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छादारविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेपछि कांग्रेस आन्दोलित बनेको छ । भ्रष्ट नेताको बचाउमा लागेको भन्दै कांग्रेसको आलोचना भइरहेका बेला आज केन्द्रिय समिति बैठक बसेको हो ।

यही विषयले पछिल्लो तीनवटा प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको कांग्रेसले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने तयारी पनि गरेको छ । गच्छादारको मुद्धामा राजनीति र कानुनी दुवै लडाइ लड्ने विषयमा आज छलफल भएको थियो । गच्छादारको बचाउ मात्रै नभै वालुवाटारको जग्गा प्रकरणमा अन्य दोषीलाई पनि कारबाही गर्न दबाब दिने रणनीति लिनएको प्रवक्ता शर्माको भनाई छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्