रसुवा, माघ २८ । कोरोना भाइरसका कारण रसुवागढी नाकामा निर्माणाधीन सुख्खा बन्दरगाह निर्माणमा कामदारको अभाव देखिएको छ । यहि मसिंरदेखि निर्माण सुरु भएपनि कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको हो । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहका लागी आवश्यक पर्ने जग्गा अधिग्रहण भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज को पाँच हेक्टर , स्थानिय बासिद्यनको ५८ रोपनी र विभिन्न सरकारी स्वाामित्वमा रहेको एक सय नौँ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरी सकिएको छ । चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्धिपक्षिय सम्झौता भएको छ ।
त्यहाँ कार्यरत २४ चिनियाँ कामदार नयाँ वर्ष मनाउन चीन गएका थिए । अहिले नौँ जना कामदार छन् । चीनमा फैलिएको कोरोना भाइरसका कारण उनी निर्माणस्थल आउन नपाएका हुन् । निर्माण कार्यमा नेपाली कामदार संलग्न भए पनि पर्याप्त छैनन । बन्दरगाह निर्माणका लागी पर्याप्त कामदार नहुँदा कमामले गति लिन नसकेको इन्टरमोडल यातयात विकास समितीका सिभील इन्जिनियर प्रमोद आर्चायले बताए । काम पु्रै रोकिएको भने होइन तर कामले गति लिन सकेको छैन । सुक्खा बन्दगाह निर्माणको सात प्रतिशत काम मात्र भएको छ । (गोरखापत्रबाट)