काठमाडौं, २९ माघ । कोरोना भाइरसको संक्रमणको आशंकामा एक व्यक्तिलाई साथीले अस्पताल लगे । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जचाउन पुगेका ती व्यक्ति रुघाखोकी लागेपछि जचाउन पुगेका थिए । उनको साथमा साउदी अरबका नागरिक पनि थिए ।
चीन हुँदै नेपाल आएका साथीलाई जचाउन पुग्दा चिकित्सकले उनलाई पनि चेकजाँचको आग्रह गरेका थिए । तर, ती व्यक्तिले आफू स्वस्थ भएको भन्दै जचाउन अस्वीकार गरे । त्यसपछि उनी अस्पतालबाट निस्किएका थिए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक वासुदेव पाण्डेका अनुसार चेकजाँचका लागि आएका रुघाखोकीको विरामीमा कोरोना भाइरसको संक्रमण भेटिएन । उनलाई अस्पतालसम्म लिएर आएका साथीले आफू स्वस्थ भएको भन्दै चेकजाँच गर्न मानेनन् ।