Logo

मन्त्री बाँस्कोटाको राजीनामा माग्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध



काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । बिहीबार बसेको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिशनको मागेको अडियो बाहिरिएपछि सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने स्पष्ट पारे । बैठकमा अध्यक्ष गणेश तिमिल्सनाले बैठक स्थगित भएको घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot