Logo

बर्दीमा टिकटक बनाउने प्रहरी तानिए (भिडियोसहित)



काठमाडौं, ११ फागुन । महानगरीय प्रहरी प्रभाग सुडालका इञ्चार्ज थिए रत्नबहादुर थापा । सई थापाले हामीलाई पनि मायाले हेर पार्वती बोलको गीत राखेर टिकटक बनाए ।

पत्नीको साथ टिकटक बनाएपछि उनी कारबाहीमा परेका छन् । उनी तत्काल महानगरीय प्रहरीमा तानिएका छन् । उनीमाथि अनुशासनको कारबाही अगाडि बढाइएको छ ।

सई थापाको टिकटक सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई अनुशासन उल्लंघन गरेको भन्दै थप कारबाही गरिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot