Logo

पिसाब पोल्ने समस्या समाधानको उपाय



हुन त पिसाव पोल्ने सामान्य समस्या हो । यो समस्या सबैलाई कहिलेकाही हु्ने गर्छ, यसको मुख्य कारण पानीका अभाव हो । यसमा पिसाब थोरै आउने, रोकिने, थोरै पछि आउने, पोल्ने गर्दछ ।

पुरुषमा भन्दा महिलामा पिसाबको समस्या धेरै हुने गर्छ । यसको तुरुन्त उपचार गर्नुपर्छ । यसले पत्थरी, युरीन संक्रमण र मुत्राशय क्यान्सर जस्ता रोगको सामना गर्नुपर्ने हुन्छ । त्यसैले डाक्टरसँग तुरुन्त सम्र्पक गर्नूपर्छ ।

 

पिसाब पोल्नुका कारण

  • युरिन संक्रमण
  • शरीरमा पानीको कमि
  • पिसाब धेरै बेर रोकेर राख्नाले
  • बढी प्रोस्टेट
  • लिवर समस्या
  • अल्सर
  • मधुवेह
  • शुक्राणु वा वीर्यकोषमा संक्रमण
  • यौन रोग
  • पिरो खुर्सानी, मसालेदार खानेकुरा सेवन
  • दुषित पानी
  • चिया कफि
  • अल्कोहल अत्यधिक सेवन

पिसाब पोल्नु्का लक्षण

  • पिसाब गर्दा पिसाब पोल्ने र दुख्ने
  • पेट दुख्ने
  • ज्वरो
  • नराम्रो पिसाब
  • उत्तेजित

बच्ने उपाय

  • पर्याप्त मात्रामा पानी र नरिवल पानी पिउने
  • काक्रोको नियमित सेवन
  • भिटामिन सी सेवन गर्ने


प्रतिक्रिया दिनुहोस्