काठमाडौं, १८ फागुन । सरकारले सचिवहरुको बढुवा गरी पदस्थापन गरेको छ । आज बसेको मन्त्रिपरिषदु बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ । महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधार मन्त्रालयमामा सरुवा गरिएको छ ।
भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कामू दिएर राजश्व हेर्ने जिम्मेवारी दिइएको छ ।