Logo

मन्त्रिपरिषद बैठक : सङ्क्रमण रोक्नका लागि ५० करोडको कोष



काठमाडौं, ९ चैत्र । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा कोष निर्माण गर्ने र त्यो कोषमा सरकारले रु ५० करोडको शुरु पूँजी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उनको निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनासम्बन्धी जोखिम फैलिरहेको अवस्थामा अर्थतन्त्रमा पर्न सक्ने केही न केही सङ्केतहरु देखिन थालेकाले पूर्वाधारमा पनि लगानी गर्नुपर्ने, खर्च गर्नुपर्ने भएकाले त्यसका लागि सहयोगी तत्पर भएर अघि बढिरहेको अवस्थामा सरकारले उक्त निर्णय गरेको हो ।

त्यसमा सङ्घीय सरकारका मन्त्रीहरुले एक महिनाको तलब राख्ने र यो कोषमा राष्ट्रसेवक कर्मचारी, व्यवसायी, समाजसेवी, सङ्घसंस्था र व्यक्तिलाई उक्त कोषमा सहयोगका लागि आह्वान गर्ने निर्णय भएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । यो कोषको रकम कोरोनासँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार, स्वास्थ्य सामग्रीको आपूर्ति र सम्भावित भोलिका स्वास्थ्यसम्बन्धी जोखिम निराकरण गर्ने गरी प्रयोग गर्ने गरी कार्य्विधि बनाउने निर्णय गरेको छ ।

सञ्चारकर्मीको जवाफमा मन्त्री खतिवडाले निजी क्षेत्र र सुरक्षा निकायबाट मास्क, सेनीटाइजर र स्वास्थ्यकर्मीले प्रयोग गर्ने केही उपकरण उत्पादन भइरहेको जनाउँदै छिमेकी मुलुक भारत र चीनबाट थप सामग्री ल्याउन पत्रचार गरेको हुँदा केही दिनमा सहज हुने जानकारी दिए । केही औषधि भारतबाट आउने सुनिश्चित भएको जानकारी दिँदै उनले औषधिको अभाव हुने अवस्था नरहेको स्पष्ट पारे ।

सङ्क्रमणको शङ्का लागेमा नजिकको स्वास्थ्य चौकी, प्रहरी चौकी, जनप्रतिनिधिमार्फत उपचारमा जान सकिने बताउदै उहाँले परीक्षण प्रयोगशाला, वीर अस्पताल, धुलिखेल र धरानमा व्यवस्था मिलाइएको जानकारी दिइयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot