नेपालीहरु भारतमा अलपत्र, दूतावासले भन्यो- बसेको ठाउँ नछाड्नु (विज्ञप्तिसहित)

0
Shares

नयाँ दिल्ली, ११ चैत्र । देश फर्कन खोजेको नेपाली नागरिकहरु भारतको विभिन्न शहरमा बिचल्लीमा परेका छन् । कतिपय बाटोमा अलपत्र छन् ।

भारतको विभिन्न ठाउँबाट नेपाल हिंडेकामध्ये कतिपय दिल्लीमा रोकिएका छन् । उनीहरुमध्ये कोही आनन्दविहार बस अड्डामा छन् त कोही दूतावास अगाडि बसेका छन् । उनीहरुले देश फर्काउने वातावरण मिलाइदिन राजदूतावासका अधिकारीलाई बारम्बार भने । तर, दूतावासले आज एक विज्ञप्ति जारी गरी आफू बसेको ठाउँ नछाड्न भनेको छ ।

नेपाली राजदूतावासका नाममा अत्यन्त जरुरी सूचनामा भनेको छ, ‘भारतमा रहनु भएका सबै नेपाली नागरिकहरुलाई आफू बसेको ठाउँ नछाड्नु हुन पुनः अनुरोध गरिन्छ ।’ दूतावासले कोभिड १९ महामारी फैलिएको अवस्थालाई मध्यनजर गर्दै भारत सरकार तथा भारतीय राज्य सरकारहरुले जारी गरेको लकडाउन, कफर्यु र अन्य आदेशको पूर्ण पालना गर्न नेपाली नागरिकहरुलाई आगूह समेत गरेको छ ।