Logo

‘कर्फ्यू लाग्ने अवस्था छैन’ : मन्त्री खतिवडा



काठमाडौं, ११ चैत्र । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि एक सातासम्म मुलुकमा लकडाउन गरेको छ । आज पहिलो दिन जनताले सरकारको आग्रहलाई पालना गरेको भन्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले धन्यवादसमेत दिएका छन् । उनले सरकारले लकडाउनलाई नै निरन्रता दिने र यही कदमलाई प्रभावकारी रुपमा कार्यान्यवयन गर्ने विश्वास दिलाए । सरकार कर्फ्यू लगाउने तयारीमा नरहेको पनि उनले स्पष्ट पारे ।

आज (मंगलबार) बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो स्पष्ट पारेका हुन् । त्यस्तै, उनले भीडभाडले कोरोना भाइरस संक्रमण जोखिम बढाउने भएकोले लकडाउन गरेको उनले बताए। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot