काठमाडौं, १७ चैत्र । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्रीमा कुनै भ्रष्टाचार नभएको दाबी गरेका छन् । अहिलेको भन्दा सस्तोमा कसैले ल्याउन सके टेन्डर नै रद्द गर्ने समेत बताए । श्रेष्ठसँग विवादमा मुछिएको स्वास्थ्य सामाग्री खरिद प्रकरणबारे ऋषि धमलाले एनआरएन रेडियोको नेपाली बहसमा गरेको कुराकानीः
चीनबाट सबै सामानहरु आइसक्यो ?
सबै आइसकेको छैन आंशिक मात्रै आएको छ ।
अब के के आउन बाँकी छ ?
अहिले तत्कालका लागि आयो अझै केही–केही पीपीईहरु आउन बाँकी छ । अनि माक्स, केमिकललगायत धेरै आउन बाँकी नै छ । तत्काललाई पुग्ने सबै सामान आएको छ ।
सातै प्रदेशमा सामान जान्छ ?
सातै प्रदेशमा जान्छ ।
तपाईं आपैm जाँदैहुनुहुन्छ सामान लिएर ?
म जान्न, माननीय मन्त्री र कोही साथीहरु जानुहुन्छ ।
सामान त ल्याउनुभयो तर निकै भ्रष्टाचार गरेको तथ्यांकहरु बाहिर आयो नि ?
हामीले ल्याएका बीलहरु सबै सार्वजनिक गरेका छौं । त्यो भाउमा फेरि सामान पाइन्छ भने बजारमा किन्छौं ।
चीनबाट त निःशुल्क पठाइदिन्छु भनेको छ त ?
यदि उहाँले त्यसरी पठाइदिनुहुन्छ भने सामान धेरै आएको छैन । थेरै मात्रै आएको छ । बाँकी सामानको टेण्डर आजैबाट क्यान्सिल गर्छु ।
तपाईंले भ्रष्टाचार गरेको कुरा स्वीकार्नुहुन्न ?
सामान आउने पक्का हुनुपर्यो, सामान आउँछ भन्नुस् आजै टेण्डर क्यान्सिल हुन्छ । उहाँहरुले अलिकति मात्रै ल्याउनुभएको छ । बाँकी म सबै क्यान्सिल गर्छु ।
तपाईंले सामान ल्याउन टेण्ड गर्दा प्रतिस्पर्धा गर्नुपर्दैन ?
हामीले सामान ल्याउन पटक–पटक टेण्डर ग¥र्यौं । उहाँहरुबाट सामान आएन । त्यसपछि हामीले बोलायौं, उहाँहरुले सामान ल्याउन नसक्ने भनेर जानकारी दिइसकेपछि फेरि बोलायौं र भन्यौं, ‘कसले ल्याउन सक्छ ? नेपाल सरकारले प्लेन पठाइदिन्छ’ भनेर । जहाँ भन्नुहुन्छ हामी प्लेन पठाइदिन्छांै भनेर ठेकेदारहरुलाई बिनम्र अनुरोध गर्दा सबैले सक्दैनौं भन्नुभयो । अझ उहाँहरुलाई तीन÷चार दिन टाइम पनि दियौं तपार्इंहरु सबै मिल्नुस् भनेर । त्यसमा कसैको एकटन, कसैको दुईटन सबैले मिलाएर ल्याउनुहोस् हामी प्लेनको व्यवस्था गरिदिन्छौं भन्यौं त्यसरी पनि उहाँहरुले सक्नुभएन । फेरि अन्तिमा कसले सक्छ प्रस्ताव ल्याउनुस् भन्यौं ।
जसले तपाईं कमिसन दियो, त्यसैलाई तपाईंले काम दिनुभयो, प्रमाणहरु त बाहिर आइसकेका छन् नि ?
यो नितान्त गलत कुरा हो ।
जनतालाई ढाट्नुहुँदैन, सही कुरा बताउनुस् न ?
बिलकुल ढाँट्नुहुँदैन । यो विषम परिस्थितिमा जनतालाई ढाँट्ने अपराधी हो । त्यसकारण हामीले जे सम्झौता ग¥र्यौ, त्यसलाई तुरुन्तै वेबसाइटमा राखेका छौं । फेरि खुल्ला रुपमा भनेको छु । अहिले बजारमा सामान भनेको मूल्यमा पाइँदैन ।
तपाईंले पत्रकार सम्मलनमै स्वीकारनु भयो नि महंगो भयो भनेर ?
महंगो भएको छ ।
अनि किन ल्याउनुभयो त ?
नल्याएर के गर्नु ? सामान नल्याइकन अस्पताललाई खाली राखिदियौं । अहिले कुनै ठाउँमा सामान पाइँदैन । तपाईंका धेरै साथी छन् । अहिले लन्डनमा फोन गर्नुस् बजारमा एउटा थर्मोमिटर किन्न पाइराखेको छैन । न्यूर्योकमा सिटामोल किन्न पाइएको अवस्था छैन । पीपीईको कुरै छोड्नुस् । त्यसकारण अहिले औषधि, उपकरणहरुको विश्वमे अभाव छ । बिना पीपीई हाम्रा चिकित्सकहरुलाई बिरामी जाँच्नुहोस् भन्न सकिन्छ ? सकिँदैन । त्यसकारण हामी यो किन्न वाध्य भएको हो । अहिले पनि म खुल्लारुपमा भन्छु, ‘त्यो टेण्डरबाट थोरै मात्रै सामान आएको छ, बाँकी आउनै बाँकी छ, कसैले पनि भनेको मितिभित्रै म सामान उपलब्ध गराउँछु भन्ने हो भने आज सातै बजे त्यो टेन्डरलाई क्यान्सिल गरेर कसले सामान ल्याउनुहुन्छ उहाँलाई सहयोग गर्दछौं ।
चीनमै व्यवसाय गर्ने नविन विकले सामान महंगो भयो भनेका छन् नि ?
नविन विकसँग हिजो मेरो पनि कुरा भयो । उहाँलाई मैले भर्नेँ, ‘तपाईं सामान ल्याइदिनुहुन्छ म त्यो टेण्डर आजै क्यान्सिल गरिदिन्छु ।’
सामान महंगोमा ल्याउनु भएन नि ?
के गरौं त अब कोरोनाका बिरामीलाई हेर्दै नहेरौं ? अस्पतालहरु बन्द गरौं । अस्पालमा आएका बिरामीलाई कसैले छुँदै नछुनु ? तपाईं त्यसो भन्नुहुन्छ भने हामी सामान किन्दैनांै ।
यस्तो बेलामा तपाईं कमिसनमा फस्नुभएन नि ?
यसमा कमिसनको कुनै पनि प्रमाण पेश गर्न सक्नुभयो भने जस्तोसुकै सजाय भोग्न म तयार छु ।
प्रमाणहरु आयो भने बहसमा सहभागी हुनुहुन्छ ?
तपाईंले महेन्द्रप्रसाद श्रेष्ठको नाममा कुनै पनि कमिसनको प्रमाण पत्ता लगाउनुभयो भने म सार्वजनिक रुपमै झुन्डिन तयार छु ।
भनेपछि तपाईंले भ्रष्टाचार गर्नुभएको छैन ?
मैले अहिलेसम्म एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, र गर्ने नियत पनि छैन । तपाईंहरुसँग कुनै पनि त्यस्तो प्रमाण छ भने सर्वाजनिक रुपमै झुन्डिन तयार छु । अहिले असाध्यै विसम परिस्थितिको बेलामा हामीले साधानहरु ल्याएका छौं । यो सामान कुनै अस्पतालमा छैन । अहिले संसारमा महामारी पैmलिएको नेपालमा पनि विरामीको संख्या बढ्यो, त्यति बेला सामान अभावका कारण स्वास्थ्यकर्मीले बिरामी हेरेनन् भने के हुन्छ ? यसैलाई मध्येनजर गरेर हामीले पहिलादेखि सामान किन्न खोजेका हौं । अहिले पनि हामीले जुन मात्रामा किन्न खोजेका हौं, त्यो अभैm परिपूर्ति गर्न सकेका छैनौं । त्यसकारण कैसैले च्यालेन्ज गरेर म उपलब्ध गराउँछु भन्छ भने अहिलेसम्म यो सामानको एक रुपैयाँ पनि भुक्तानी गरिएको छैन । त्यसलाई आजै क्यान्सिल गर्न सकिन्छ । उहाँहरुले के गर्न सक्नुहुन्छ, म सहयोग लिन चाहन्छु ।
ती सामान सरकारले कति बढी रकम ति¥यौं त ?
अहिलेको स्टिमेटमा पहिलाकोभन्दा २० प्रतिशत जति महंगो छ । तपाईंले बजारमा जसरी सुन्नुभएको छ, ‘एक हजारको पीपीईलाई ७ हजार पारेको त्यो होइन ।’ एउटा पीपीई १९१९ मा किन्दैछौं । अहिले पनि चाइना सरकारको सहयोगमा केही पीपीईहरु प्राप्त गरेका छौं । त्यसको रेट १३० आरएमबी छ । त्यसलाई ढुवानीसम्म जोड्दा लगभग २५ सय नेपालीमा चाइना सरकारले गरेको डोनेसन हो । त्यत्तिकै गुणस्तरको पीपीई हामीले १९१९ मा हामीले नेपालमा किन्दैछौं । अर्को अतिकति महंगो हामीलाई माक्समा परेको छ । एन ९५ माक्स केही महंगो परेको छ । त्यो अहिले आएकै छैन । त्यसैले नेपाली दाजुभाइ दिदीबहिनीले स्वास्थ्यमन्त्रालयमा यति दिनभित्र पठाइदिन्छु भनेदेखि नेपालबाट प्लेन पठाउनुपर्छ कि के गर्नुपर्छ त्यो गर्न हामी तयार छौं ।
नविन विकले तपाई के के भन्नुभयो ?
नविन विकसँग एउटा टेलिभिज कार्यक्रममा सिधा कुराकानी भएको छ । मैले उहाँलाई तपाई भन्नुहुन्छ भने यो टेण्डर क्यान्सिल गरिदिन्छु भनेको छु । जुन महंगो सामान त आएकै छैन । अहिले त सस्तो सामान मात्रै आएको छ ।
उहाँको भनाइ तपाईंले पढ्नुभयो होइन ?
त्यो मैले डिटेलमा हेरेको छु । हामीले पहिला नै यो समान महंगो भनेर हाम्रो वेबसाइटमा राखेका छौं । सबैको सुझाव हामी लिन चाहन्छौ । यदि तलमाथि भएको छ भने हामी सच्याउन चाहन्छौं । तर, अस्पतालमा सामान चाहियो । बिनासामान त चिकित्सकहरु बिरामी जाँच्न जाँदैनन् । तपाईंले हेरिरहनुभएको छ, अस्पतालमा बिरामी आउँछ किचित्सकले हेरेन भनेको त्यो स्वाभाविक पनि हो ।
नविन विकले त ५५ करोड अनियमितता भएको पत्र सार्वजनिक गरेका छन् नि ?
पहिला काठमाडांैमा एउटा माक्सको मूल्य ५ रुपैयाँ थियो । अहिले हामीले नेपालमै उत्पादन गर्न खोजेको माक्सलाई ८ रुपैयाँभन्दा तल उत्पादन गर्न सकिँदैन भनेर उद्योग वाणिज्य महासंघले भनेको छ । ५ को ८ भन्दा यही उत्पादन गर्न पनि ६० प्रतिशत मूल्य बृद्धि भयो । अझै उहाँहरु नाफा लिने हो भने १० रुपैयाँ पर्छ भन्ने उहाँहरुको तर्क छ । चाइना पनि हाम्रो प्लेन गयो त्यसले ३० टन ल्याउनुपर्नेमा १५ टन मात्रै बोकेर आयो । यहाँको सरकार त्यहाँका एमएसी लाग्दा पनि हामीले चाहेको जति सामान किन्न सकेनौं । ३० टन बोक्ने प्लेन १५ टन मात्रै बोकेर फर्केको छ । ४ महिना अगाडि रेट ल्याएर भ्रष्टाचार भयो भन्नु राज्यप्रतिको गैरजिम्मेवारी हो ।
एक पैसा पनि भ्रष्टाचार गरेको छैन भन्ने तपाईंको दलिल हो ?
यसमा एक रुपैयाँ पनि मैले भ्रष्टाचार गरेको ठहरियो भने कहाँ गएर उभिनुपर्छ म सार्वजनिक ठाउँमा के सजाय भोग्नुपर्छ त्यसको लागि तयार छु ।
स्वास्थय मन्त्रालयमा भ्रष्टाचार भएको छ कि छैन ?
कसरी भ्रष्टाचार गरेको छ, यसको सम्झौता गर्ने हाकिम नै म हो । यसलाई स्वास्थ्य सेवा विभागले सम्झौता गरेको छ ।
मन्त्रीहरुको हालीमुहाली छ नि त्यहाँ ?
यो सामान स्वास्थ्य सेवा विभागले गरिद गरेको हो । त्यसकारण सामान अडर गर्ने काम मैंले गरेको छु । यतिबेला मुलुकलाई सहयोग चाहिएको छ । यसलाई आमनेपाली दाजुभाइ दिदीबहिनीहरुले हेरिदिनुस् । योभन्दा सस्तो कसले सामान दिन्छ त्यो ठाउँमा प्लेन पठाउन हामी तयार छौं । त्यो प्लेनलाई बाहान पुग्ने सामान चाहियो । अस्पतालमा सामान छैन, सामान नभएर डाक्टरहरु उपचार गर्न मानिरहेका छैनन् । अनि सामान ल्याउँदा महंगोमा किनिस् भनेर दोष लगाउनु राष्ट्रद्रोह कुरा हो ।-File Photo