काठमाडौं, १९ चैत्र । चीनबाट आइतबार ल्याइएको कोरोना भाइरससम्बन्धी टेष्टको किट अहिलेसम्म प्रयोगमा नल्याइएको खुलासा भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले यसको प्रयोग नभइसकेको खुलाएका हुन् ।
आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. श्रेष्ठले भने, ‘यो अहिले परीषणको क्रममा छ । परीक्षण पास भएपछि मात्र लिन्छौं । ‘
चीनबाट १९ वटा कम्पनिबाहेक अरुलाई टेष्ट किट उत्पादन र आपूर्तिको अनुमति नभएको भन्दै त्योबाहेकको कम्पनिबाट नलिइएको बताए ।
टेष्ट किटबारे शंका नगर्न समेत भने । परीक्षणबाट मात्र प्रयोगमा ल्याइने हुँदा यसमा कुनै विवाद गर्नुपर्ने कारण नभएको बताए ।