काठमाडौं, २९ चैत्र । राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीको जलेश्वर अस्पताललाई कोरोनाको उपचारको लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन् । पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले आज (शनिबार) उक्त अस्पताललाई आफूले कोभिड-१९ संग अग्रपँक्तिमा खटिने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको लागि पिपिई, सर्जिकल मास्क, ग्लभ्स, स्यानिटाईजर र स्यानिटाईजर स्प्रे प्रदान गरेको जनाएकी छिन् ।
उनले सामाजिक सञ्जाल फेशबुकमा यस्तो लेखेकी छिन्,”जलेश्वर अस्पताल लाई विशेष अस्पतालमा स्तरोन्नति गरिएको मा महोत्तरी बासीलाई बधाई दिन चाहन्छु। साथै, नेपाल भारत महिला मैत्री समाजको तर्फबाट कोरोना कोभिड-१९ संग लड्न अग्रपंतिमा रहेका चिकित्सक एबं स्वास्थ्यकर्मीको लागि देहाय बमोजिमका सामग्री हस्तानतरण गरियो: १.PPE-१० थान, २. सर्जिकल मास्क-१५०, ३. ग्लोबस-१२५, ४. सेनिटाईजर- १५ (५०० ml) ५. सेनिटाईजर स्प्रेयर-२ थान । आगामी दिनमा पनि आफ्ना प्रयास हरू जारी रहने छ।”