काठमाडौं, २९ चैत्र । गैर आवाशीय नेपाली संघ कोरियाले ४ हजार कोभिड- १९ टेष्ट किट र ५ सय थान पिपिई सहयोग गरेको छ । आज एनआरएन कोरियाका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरेका हुन् ।
एनआरएन कोरियाका पदाधिकारीहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई सहयोग सामाग्री हन्तान्तरण गरेका थिए । अझै सहयोग सामाग्री आउने क्रममा रहेको जानकारी दिइयो ।
एनआरएन कोरियाका केन्द्रीय सदस्य विश्वमणि दाहालका अनुसार कोरियामा बस्ने नेपालीहरुको सहयोगबाट यी सामाग्री सहयोग गरिएको जानकारी दिए । उनका अनुसार कोरियामा बस्ने नेपालीहरुबाट एक व्यक्ति एक किट अभियान अन्तर्गत आर्थिक संकलन गरेर पहिलो चरणमा यो परिमाणको सामान भित्रिएको बताए । उनले थप सामाग्री नेपाल आउने क्रममा रहेको जानकारी दिए ।