काठमाडौं, ११ बैशाख । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् ।
राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर नयाँ जन्मिएको जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता गराउन आयोगको कार्यालय कान्तिपथ पुगेका महतोले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,’केपी ओलीले लोकतन्त्रलाइ कमजोर गर्नेऽ पार्टी पद्धती कमजोर गर्ने, देशमा अस्थिरता निम्याउने र निरकुशंता देशमा लाद्ने काम गरिरहेका छन् । ’जुन निरुकंशुता विरुद्ध लड्यौँ। संघर्ष गर्यौँ। प्रतिपक्ष चाहिदैँ नचाहिने। जसलाई मन लाग्यो संवैधानिक नियुक्ती गर्ने, दल फुटाउने अध्यादेश ल्याउने।’
त्यस्तै, उनले समाजवादी र राजपा नफुट्ने पनि दाबी गरे । उनले भने, ’फुट्ने सुट्ने कुरा छैन, सबै मिलिहाल्छ। ’हेरिहाल्नु भयो। समाजवादी फुट्ने भनेपछि जुटेर देखाइदियौँ। समाजवादी र राजपा फुटको सम्भावना छैन। सबै मिलिहाल्छ, छ जना मिलायौँ। सात लाइ पनि मिलायौँ, लकडाउन पछि बाँकी प्रक्रिया पूरा गरेर एकता प्रक्रिया अगाडि बढाउछौँ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम