Logo

दल दर्ताको लागि जनता समाजवादी पार्टी, नेपालका नेताद्धारा आयोगमा निवेदन दर्ता



काठमाडौं, ११ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएर बनेको नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपाल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिर्ता भएको छ। दुवै पार्टीका शीर्ष नेताहरु आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिएका हुन् । उनीहरुले दुई पार्टीबीचको एकता सहमतिपत्र समेत आयोगमा बुझाएका छन् ।

दल दर्ताको निवेदन दिन शीर्ष नेताहरु शरदसिंह भण्डारी, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र नेताहरु डा. शिवजी यादव, केशव झालगायत कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । आयोगमा दल दर्तासम्बन्धी निवेदन दर्ता भएको छ । आयोगमा आज विहान ११ बजेर १६ मिनेटमा १३८८ नम्बर निवेदन दर्ता भएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्