Logo

४७ हजारको कोरोना परीक्षण : २ सय ८७ जना रेड जोनमा



वैशाख १२, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ४७ हजार ४ सय ९६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ वटा परीक्षण भएको छ । हालसम्म ९ हजार ४ सय ७ जनाको पिसीआर परीक्षण र ३८ हजार ८९ जनाको ट्यापिड टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । सबै जिल्लामा यो परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ३९२९, प्रदेश दुईमा ४९७७, बागमति प्रदेशमा ७१४३, गण्डकी प्रदेशमा ४७८३, प्रदेश पाँचमा २८७४, सुदूरपश्चिम प्रदेशमा ९५१३ र कर्णाली प्रदेशमा ४८७० जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १२ सय ९ सय ८५ व्यक्ति छन् भने आइसोलेसनमा ८९ जना सम्भावित संक्रमित रहेका छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २४ हजार ९ सय २६ रहेको छ । तिमध्ये २ सय ८७ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । उनीहरुको ट्रेसिङ भइरेको प्रवक्ता देवकोटाले बताए ।



प्रतिक्रिया दिनुहोस्