अमेरिका, १३ वैशाख । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज मे महिनाका लागि भिसा बुलेटिन जारी गरेको छ । ढिलो गरी जारि गरेको भिसा बुलेटिनमा चीन र भारतबाहेक विश्वका सबै मुलुकका लागि मे महिनाका लागि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड करेन्ट रहेको छ ।
त्यस्तै रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्डपनि चीन र भारतबाहेक अरु देशका लागि करेन्ट रहेको छ । युएससीआईएसले पनि आजै सुचना जारी गरेर भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई फाइलिङ मितिका रुपमा सदर गर्ने उल्लेख गरेको छ ।
अमेरिकी ग्रिनकार्डवाकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुका सन्दर्भमा पनि मे महिनामा भिसा करेन्ट रहेको छ । ग्रिनकार्डवाकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीका सन्दर्भमा युएससीआईएसले भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई फाइलिङ मितिका रुपमा सदर गरेको छ । तर परिवारमा आधारित अन्य श्रेणीको ग्रिनकार्डका सन्दर्भमा भने भिसा बुलेटिनको फाइलिङ मितिलाई नै युएससीआईएसले फाइलिङ मितिका रुपमा सदर गरेको छ ।
मे महिनाका लागि डिभी विजेता नेपालीहरुका लागि केस नम्बर ११ हजार ७ सयसम्म तोकिएको छ भने जुन महिनाका लागि नेपालीहरुलाई केस नम्बर १३ हजार ५ सय सम्म तोकिएको छ । जुनमा इजीप्ट र नेपालबाहेक अरु कुनै पनि देशका डिभी विजेताहरुलाई सिमाबन्दी लगाइएको छैन ।-खसोखासबाट