माता पार्वतीलाई भगवान शिवसँग विवाह गर्ने इच्छा गरीन् सबै देवता गणले पनि शिव र पार्वतीको विवाह होस् भन्ने चाहेका थिए । देवताहरुले कन्दर्भलाई पार्वतीलाई मद्दत गर्न पठाए । तर शिवको तेस्रो आँखाले भष्म गरीदिए पनि पार्वतीले भोलेनाथसँग मात्र विवाह गर्ने सोच बनाइन् ।
शिवलाई आफ्नो वर बनाउन पार्वतीले धेरै कठिन तपस्या शुरु गरिन् । उनले गरेको तपस्याले सबै ठाउँमा हाहाकार मच्चाइदियो । ठुला ठुला पर्वतहरु डगमगाउन थाले यो देखेर भोले बाबाले आफ्नो आँखा खोले र पार्वतीलाई आह्वाह गरेर भने कोही समृद्ध राजकुमारसँग विवाह गर्नु तपस्वीको साथमा बस्नु सजिलौ छैन ।
तर पार्वती अडिग थिइन् । उनले स्पस्ट भनिन् मात्र भगवान शिवसँग मात्र आफ्नो विवाह हुन्छ । पार्वतीको कुरा सुनेर शिव विवाह गर्न राजी भए । शिवको मनमा आफु जस्तै घमण्डी पार्वती भएकोले जोडी राम्रो जम्ने आशा गरे ।
शिव राजी भएसँग विवाहको तयारी सुरु भयो तर समस्या भने अर्कै थियो शिवको न कोही परिवारको सदस्य थिए नत उनको कुनै घर थियो उनी त केवल एक तपस्वी मात्र थिए । तर मान्यता भनेवर परिवारको सदस्यसँग गएर वधुको हात माग्नुपर्ने थियो । यस्तो अवस्थामा भगवान शिवको डाकिनी, भुथ प्रेत र चुडौलहरुलाई जन्ति लैजाने निधो गरे । तपस्वी भएकाले उनलाई विवाहमा सजिएर जाने भन्ने ज्ञान नै थिएन त्यसकारण उनले डाकिनी र चुडैलले उपभोग गनैृ हड्डिको माला लगाइदिएका थिए ।
जब यस्तो अनौठो जन्ति पार्वतीको द्धारमा पुगे सबै देवता पनि छक्क परे । द्धारमा उभिएका महिलाहरु डराएर भागे । भगवान शिवको यस्तो विचित्रको रुप देखेर पार्वतीको आमाले अस्विकार गरिन् र आफ्नो छोरीको हात उनीसँग नदिने भनिन् । सबै स्थिती बिग्रिएको देखेर पार्वतीले शिवलाई प्राथना गरीन र उनको रितीरिवाज अनुसार तयार भएर आए । सबे देवताहरुले पनि सल्लाह दिए । देवताहरुले नै शिवालाई सजाउन थाले शिवलाई दिव्य जलले नुहाइयो र रेशमको फुलले सजाइयो । सजाय पश्चात शिव भोलेनाथ कंदर्प भन्दा पनि धेरै सुन्दर देखिए र उनको गोरोपनले उज्यालोलाई पनि फिका बनाएको थियो ।
जब भगवान शिव दिव्य रुपमा पार्वतीको द्धारमा पुगे उनलाई तुरुन्त उनको आमाले स्वीकार गरिन् र ब्रह्माको उपस्थितीमा विवाह समारोह शुरु भयो । माता पार्वती र भोलेबाबाको एकअर्कामा वरमाला पहिरिर र विवाह सम्पन्न भयो ।