Logo

प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल-नेपाल बालुवाटारमा



काठमाडौं, २३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार दुई नेता दाहाल र नेपालले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग यतिवेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरिरहेका छन् ।

भोलि साँझ सचिवालयको बैठक बस्दैछ । सचिवालयको बैठकबाटै स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न उनीहरु छलफलमा जुटेको बुझिएको छ । स्थायी कमिटीको बैठक यही पर्सी बिहीबार विहान ११ बजे बस्दैछ । उक्त बैठकमा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने आवाज उठाउने नेता नेपाल समूहका नेताहरुले तयारी गरेका छन् ।

सचिवालय बैठकमा आत्माआलोचना गरेरमात्रै नहुने भन्दै नेता नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरुले स्थायी कमिटीमा यो विषय जोडदार रुपमा उठाउने जनाईसकेकी छिन् । उनले पार्टीलाई एक व्यक्ति, एक पदमा लैजानुपर्ने पनि बताएकी छिन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेको विषयको च्याप्टर क्लोज नभएको समेत स्पष्ट पारेकी छिन् । File Photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्