Logo

‘ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाउने युवाहरु पक्राउ



काठमाडौं, २७ वैशाख । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गर्नेहरु युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज अपरान्ह युवाहरुको एक समूहले माइृतीघर मण्डलामा प्रदर्शन गरेको थियो ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार चर्को नाराबाजी गर्दै माइतिघर पुगेका ती युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नारा लगाएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्