Logo

लकडाउन जेठभर लम्बनसक्ने; सवारी पास लिन के गर्ने, पासविना चल्न पाउने सवारी (सुचीसहित)



काठमाडौं, १ जेठ । सरकारले आजबाट लागु हुने गरी लकडाउन कडा गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउनमा कडाई गरेको हो ।

संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन कडा गर्ने निर्देशन दिइसकेका छन् । संक्रमणलाई दृष्टिगत गरी जेठभर पनि लकडाउन लम्बनसक्ने बुझिएको छ । यसका लागि पूर्व तयारी भइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

गृह मन्त्रालयले सुचना नै जारी गरेर आजबाट यसअघि वितरित सबै पास रद्द गरेको छ । अब पुरानो पास लिएर चल्ने सबैलाई कारबाही गरिनेछ । आजबाट एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ । जानै परे सम्बन्धित जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ । काठमाडौं उपत्यकाको हकमा एकै जिल्ला सरहको व्यवहार हुनेछ ।

अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ ।

पास विना सञ्चालन गर्न पाउने सवारीसाधन
एम्बुलेन्स, शवबाहन र दमकल
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु

यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ

लकडाउनमा पास नचाहिने सवारी साधन

माथि उल्लेखितबाहेकका सवारी साधन विना पास सञ्चालनमा आए कारबाही भोग्नुपर्नेछ । यी बाहेकका सवारी साधनले अत्यावश्यक र आकस्मिक अवस्था हेरेर निश्चित समयका लागि पास पाउनेछन् । पास लिनसक्ने व्यवस्था पनि छ ।

सवारी पास लिन के गर्ने

लकडाउनमा सवारी साधन सञ्चालनको नियम



प्रतिक्रिया दिनुहोस्