Logo

जापान र हङकङबाट नेपाल आएकालाई जान अनुमति दिने सरकारको निर्णय



काठमाडौं, २ जेठ । शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धीको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ। । जापान र हङकङको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिए ।

जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने विडारीले बताए । त्यस्तै, आजको छलफलमा समितिले विशेषज्ञहरूसँग पनि परामर्श गरेको थियो । लकडाउन प्रभावकारी बनाउनेबारे विज्ञहरुसँग छलफल गरेको बुझिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्