Logo

सीमामा रोकिएका ३३०० नेपाली स्वदेश प्रवेश गरे



काठमाडौं, २ जेठ । कोरोना भाइरसको रोकथामका लागि भन्दै सीमा बन्द गरिएपछि भारततर्फ रोकिएका ३३ सय नेपाली गएको तीन दिनमा प्रवेश गरेका छन् । उत्तर प्रदेशको विभिन्न क्वारेन्टाइनमा रहेका उनीहरुको स्वास्थ्य चेकजाँच गरी नेपालमा फेरि क्वारेनटाइनमा बस्ने गरी प्रवेश दिइएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुराकानी गरी दिल्लीस्थित नेपाली काँग्रेसका युवा नेता सन्दीप रानाले विशेष पहल गरी नेपालीहरुलाई प्रवेशको व्यवस्था गरेका हुन् । उत्तर प्रदेश सरकारसँग प्रदेश ५ र ७ सरकारले समन्वय गरी रुपन्देहीको नाकाबाट सबैभन्दा बढी नेपाली प्रवेश गरेका छन् ।

दक्षिण भारतबाट अझैपनि हजारौं नेपालीहरु दिल्ली आएर रोकिएको रानाले जानकारी दिए । उनले सीमा पूर्ण बन्द भएकाले यात्रा नगरिदिन आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्