Logo

मृतक महिलाका श्रीमान् भन्छन्,‘उनलाई कसरी कोरोना पोजेटिभ देखियो म अचम्ममा परेको छु’



काठमाडौं, जेठ ५ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाका श्रीमानले मृतक महिला र आफुहरुका बारेका भ्रमपूर्ण समाचार प्रसारण भएको बताएका छन् ।

धुलिखेल अस्पतालमै आइसोलेशनमा रहेका मृतक महिलाका श्रीमानले टिचिङ अस्पतालले डिस्चार्ज गर्दा सुत्केरी महिलालाई कोरोना छ टेकु अस्पताल लानु भनेर पत्र दिएको तर, विरामीलाई सिधै घर लगिएको भन्ने समाचार भ्रमपूर्ण भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै उनले गोंगबु डेराबाट हिडाएर २३ गते टिचिङ अस्पताल पुर्याएको र अस्पतालले २५ गते आमा र बच्चा दुवै स्वस्थ रहेकाले घर लैजान डिस्चार्ज लेटर दिएको विषयलाई पत्रकारले टेकुलान भनिएपनि घर लगिएको भनेर गलत समाचार बनाएको बताए ।

प्रसूती गराउन टिचिङ अस्पताल पुर्याउदा चिकित्सकहरुले कोरोना संक्रमण र हिडडुलका विषयमा केरकार र परिक्षण समेत गरेको र डिस्चार्ज गर्दा कुनै पनि खराव रिपोर्ट नआएकाले बैशाख २५ गते घर पठाएको उनको भनाइछ ।

उनले भने,‘ म अहिले धुलिखेलको आइसोलेशनमा छु । उनले ३१ गते राती ११ बजे छाति दुख्यो भनेपछि तल अस्पताल लग्यौ । अस्पतालले छातिमा इनफेक्सन छ काठमाडौँ वा धुलिखेल अस्पताल लानु भन्यो तर, समयमा एम्बुलेन्स पाइएन र ढिला भयो’ ।

मृतक महिलाका श्रीमानका अनुसार लकडाउनको एक महिना अगाडी नै गर्दै आएको तरकारी पसल बन्द गरिएको थियो र कोठा बाहिर भेटघाट पनि भएको थिएन । २५ गते घर लगेपछि ३० गते सम्म सुत्केरी महिला र बच्चा दुवै स्वास्थ्य थिए । ३१ गते राती छाती दुखयो भने पछि तल असप्ताल लगिएको थियो र त्यहाँ फोक्सोमा इन्फेक्सन बढेकाले चाडै राम्रो अस्पताल पुर्याउन सुझा दिएका थिए ।

‘त्यसपछि बल्ल तल्ल एम्बुलेन्स खोजेर धुलिखेल ल्यायौ तर, अस्पतालको गेटबाट छिर्ने वित्तिकै डेथ भयो । टिचिङमा सवै केरकार गर्नुभएको थियो । काठमाडौँ बस्दा पनि गोंगबुबाट टिचिङ सम्म हिडेर गएका हौ । बच्चा ठिक छ । ल्याक्टोजिन खुवाएर राखेका छौ । सेक्न दिएको छैन । तरकारी व्यवसाय गथ्र्यौ । लकठाउन भन्दा एक महिना अगाडी नै बन्द थियो । उनलाई कसरी कोरोना पोजेटिभ देखियो म अचम्मा परेको छु’ । टेलिफोनमा उनले बताए ।



प्रतिक्रिया दिनुहोस्