Logo

करिश्मा मानन्धर अचानक आक्रोसित



काठमाडौ, जेठ १८ । नायिका करिश्मा मानन्धरले सरकारले लकडाउन थप गरेको पछिल्लो निर्णयको कडा आलोचना गरेकी छिन् । उनले सरकारले दर्शकलाई रंगशालाको सिटमा बाँधेर नाटककारहरुले आफ्नो चर्तिकला हेर्न बाध्य गराएको आरोपसमेत लगाइन् ।

केही समय अघि राजनितिमा सक्रिय करिश्मा पछिल्लो समय भने राजनितिलाई छाडेर सामाजिक कार्यमा अगि बढेकी छिन्् । देशमा भएका सम्पुर्ण गतिविधीलाई नजिकबाट नियालेकी करिश्माले आफ्नो कडा अभिव्यक्तिको साथ सामाजिक सञ्जालमा लकडाउन भर छाएकी छिन् । उनले फेसबुकमार्फत आक्रोस व्यक्त गरेकी छिन् । समस्या समाधान गर्न त तागत र दिमाग हुनुपर्छ भन्दै उनले लेखेकी छिन्, ‘कुनै समस्या समाधान गर्न आफुहरुसंग न तागत छ न दिमाग छ । खाली जनतालाई भगवान भरोसे छोडेर नयाँ नयाँ निर्णय सार्वजनिक गरेर उनीहरुसंग बचेखुचेको मानसिक र बौद्धिक तागत पनि तेहि बिवादमा खर्च गर्न बाध्य तुलाएको छ । यो त दर्शकलाई रंगशालाको सिटमा बाधेर नाटककारहरुले आफ्नो चर्तीकला हेर्न बाध्य बनएको जस्तो परिस्थिति !! तर खुसी हुन छोड्नु हुदैन , आखिर्र नेपाली पो हौ हो !! जय लकडाउन ’



प्रतिक्रिया दिनुहोस्