Logo

वन प्रमुखमाथी अख्तियारको मुद्दा



काठमाडौ, जेठ १८ । डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत जय मंगल प्रसादमाथी ६ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको छ ।

नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तहका प्रसादले खानीसम्बन्धि कामको लागी विभिन्न बरबहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग पटक पटक गरेर ६ लाख घुस लिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पुष्टि भएको थियो ।

उनलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्