Logo

साउदी अरबमा समस्यामा परेकालाई खाद्यान्न वितरण



साउदी अरब, जेठ २० । साउदी अरब स्थित होटल गोर्खाले लकडाउनको कारण समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न वितरण गरेको छ । बैदेशिक रोजगारीको क्रममा साउदीमा रहेका लकडाउनले समस्यामा परेका नेपालीहरुलाई होटल गोर्खाका प्रतिनिधि सुन्जित तामांङ र बालकृष्ण पौडेल, ग्लोबल आइ.एम.आई.बैंक, इन्जाज बैंकिंग सर्भिस साउदी अरेबियाका कन्ट्रि म्यानेजर राम लामाको टिमले नेपाली राजदुतावाससँग समन्वय गरेर खाद्यान्य वितरण गरेका हुन् ।

कोरोना भाइरसको महामारीको कारण लकडाउनले साउदीमा रहेका व्यवसाय बन्द हुँदा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु अफ्ठेरो अवस्थामा परेको सुचना आएकोले गन्तव्य ब्यवसाय समुहद्धारा संचालित होटेल गोर्खाका प्रतिनिधिले सबैसँग समन्वय गरेर वितरण गरेकोे होटलका प्रतिनिधि बिष्णु प्रसाद पाण्डले बताए ।

अरबको रियाध स्थित इन्तियाज क्याट्रिन बन्द भएसँगै बिचल्ली परेका नेपाली कामदारहरुलाई होटल गोर्खाका प्रतिनिधिहरु राजेन्द्र थापा र हिरा केसीको टिमले ७० केजि चामल, १० लिटर तेल, १५ केजि आलु, १० केजि प्याज, १केजि मसला,४ केजि बन्दा र ८ केजि दाल लगायतका खाद्यान्य सामाग्री वितरण गरेको श्याम गिरीले जानकारी दिए ।

यसअघि पनि फ्रेन्डली होटलमा कार्यरत २ नेपाली र १ भारतीयलाई महिना दिन पुग्ने चामल, दाल, तरकारी, मासु तथा तेल र मरमसला लगायतका खाद्यान्य होटल गोर्खाका प्रतिनिधिहरु बिष्णु प्रसाद पाण्डे, नेत्र न्यौपाने, मनोज कुमार खवास र श्याम गिरीले वितरण गरेका थिए ।
गन्तव्य व्यवसाय समुहद्धारा संचालित होटल गोर्खाले साउदी अरब तथा नेपालमा विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्