Logo

डडेल्धुरामा भेटिएका कोरोना संक्रमित क्वारेन्टाइनका भान्से



डडेल्धुरा, जेठ २३ । डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये पीसीआर पोजेटिभ देखिएका एक जना भान्से रहेको खुल्न आएको छ । शुक्रबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको पिसिआर परिक्षणको नतिजामा गन्यापधुराका वडा नम्बर १ मा दुई जना र वडा नम्बर २ मा पाँच जनामा कोरोना पुष्टि भएको हो । कोरोना देखिएका ५ जनामध्ये ५७ बर्षिय पुरुष सुगरको बिरामीरहेका छन् ।

उनमा ज्वरो आउने तथा छाती दुख्नेसमस्या समेत देखिएको छ । छ महिनाअघि उपचार गराउन भारत गएका उनि जेठ १० गते कैलालीको गौरिफन्टा नाका हुँदै पालिका सदरमुकाममा तयार गरिएको श्री गणेश माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

गौरिफन्टाबाट घरसम्म आउँदा उनि चढेको बसमा २६ जना रहेको समेत खुल्न आएको छ । उक्त गाडीका अन्यलाई पालिकाकै अर्काे गाँउमा तयार पारिएको समैजी प्रावि थलकोटको क्वारेन्टानमा राखेपनि १२ जनालाई भने ठाँउको अभावमा गणेश मावि बडालको क्वारेन्टाइनमा राखिएको थियो ।

वडा नम्बर १ मा फेला परेका मध्ये ३८ वर्षीय पुरुष र १७ वर्षीय युवक रहेका छन भने वडा नम्बर २ का १९ वर्षीय युवक २५ र ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

संक्रमित ५७ बर्षिय पुरुष भान्सामा समेत खाना बनाउन सहयोग गर्ने गरेको क्वारेन्टाइनमा रहेकाहरुका आफन्तले जानकारी दिएका छन् । उत्त क्वारेन्टाइनमा उनिसहित १ जना मुम्बईबाट आएका, २ जना लुधियानाबाट आएकाहरुमा कोरोना पोजेटिभ देखिएको छ ।

अन्य एक जना भने समैजी प्रावि थलकोटको क्वारेन्टाइनमा बस्दै आएका मध्येका हुन् । यता, सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै जाँदा पाँच दिनका लागि कोरोनाका सम्भावित संक्रमितको नमूना संकलनको काम स्थगीत भएको छ ।

प्रदेशमा यसअघि संकलित नमूनाकै परीक्षण गर्न बाँकी रहेकाले पाँच दिनका लागि थ्रोट स्वाबको नमूना संकलनको काम स्थगीग गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयले आज सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै पाँच दिन सम्म स्वाबको नमूना संकलन नगर्न समेत निर्देशन दिएको छ । दैनिक दुई सय ५० जनाको मात्र परीक्षण सम्भव भएको र प्रदेशमा संकलीत एक हजार ८३ जनाको परीक्षण गर्न बाँकी रहेकाले आगामी पाँच दिन स्वाव संकलन नहुने जनाइएको छ ।

गुगल अर्थबाट लिइएको फोटोको रातो धेरो भित्र गणेश माविमा बनेको क्वारेन्टाइन ।

डडेल्धुरास्थित क्वारेन्टिनमा ज्यान गुमाउने महिलाको रिपोर्ट नआउँदै अन्त्येष्टि



प्रतिक्रिया दिनुहोस्