Logo

अस्पतालले डिस्चार्ज गरेका ६ कोरोना संक्रमित धनगढीमा अलपत्र, गाडि नपाउँदा पानीमा भिज्दै बासको खोजिमा



कैलाली, जेठ २३ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका भन्दै सेती प्रादेशिक अस्पतालले ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ ।

अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई नयाँ निर्देशिका आएको भन्दै दिउसो २ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

दिउँसोभर गाँडिको खोजिमा भौतारिएका उनिहरु अवेरसम्म घर पु¥याईदिने गाडी नपाएपछि बासको खोजिमा पदैल नै अस्पतालबाट बाहिरिएका छन् ।

अहिले कैलालीमा भारी बर्षा भईरहेको र जिल्ला फर्कने व्यव्यस्था नभएका कारण संक्रमितहरु विपतमा परेका हुन् ।
स्वास्थ मन्त्रालयले लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित गरेपछि उनिहरुको विचैमा विचल्ली परेको हो ।

यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेकोमा स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot