Logo

सरिता गिरीलाई सांसद पद छोड्न वा आफ्नो भनाई फिर्ता लिन कमल थापाको सुझाव



काठमाडौं, २६ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीको अभिव्यक्तिमाथि कडा आपत्ति जनाएका छन् । सांसद गिरीले हिजो (आइतबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले नस्विकार्ने अभिव्यक्ति दिएकी थिईन् ।

‘लिम्पियाधुरा नेपालको भाग हो भनेर म पनि स्विकार गर्दिन्, तपाईले भनेर हुन्छ ?’ : गिरी (भिडिओसहित) 

सामाजिक सञ्जालमा सांसद गिरीले बोलेको उक्त अभिव्यक्ति निकै भाईरल भैरहेको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले लिम्पियाधुरा नेपालको भूभाग होईन भन्नेरस्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार नभएको टिप्पणी गरेका छन् । त्यस्तै, थापाले सांसद गिरीले कि त आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ भन्नेपनि आफ्नो धारणा राखेका छन् ।

हेरौं थापाको टिव्ट :



प्रतिक्रिया दिनुहोस्

Screenshot