Logo

साउदीको क्वारेन्टाइनमा नेपालीहरु पानी नपाएर काकाकुल



साउदी, २७ जेठ । साउदी अरबमा क्वारेन्टाइनमा रहेका नेपालीहरु पानी खान नपाएर छटपटिएका छन् । साउदी स्थित जुबेल अबु हदरियामा क्वारेन्टाइनमा रहेका नेपालीहरुले समयमा खाना र तातो पानी खान समेत पाएका छैनन् ।

 

कोरोना भाइरसले विश्व आक्रान्त बनेको समयमा ज्वरो आएको र घाँटी दुखेकाले कम्पनीले धेरै टाढा क्वारेन्टाइनमा राखेको र पानी पनि मजाले खान नपाएको तनहु घर भएका एक नेपालीले बताए । उनले आफुलाई अस्पतालमा जाँच गर्न नमानेको पनि बताएका छन् । जाँच नै नगरी सिधै क्वारेन्टाइनमा राखेको र तातो पानी पनि खान नदिएको जानकारी दिए । उनले भने क्वारेन्टाइनमा स्वास्थ्यकर्मी पनि राखिएको छैन ।

 

हामीहरुले खाए नखाएको, कसरी बसेका छौ भनेर कोही पनि हेर्न नआएकोले रोगले भन्दा पनि खानाले मरिन्छ जस्तो लागेको बताए । उनले साउदी स्थित राजदुतावासमा जानकारी गराउन खोज्दा दुतावासका प्रतिनिधीले फोन उठाएर काटेको बताए । क्वारेन्टाइनमा खाएको खानाको पैसा आफैले केहि दिनको लागि तिरीसकेको साउदी स्थित क्वारेन्टाइनमा बसेका नेपाली युवाले जानकारी दिए । अब आफुसँग एक पैसा नभएको भन्दै उनले अबको खानाको पैसा कसरी तिर्ने चिन्तासमेत व्यक्त गरे । उनी १ वर्षअघि नेपालबाट साउदी गएका हुन् ।



प्रतिक्रिया दिनुहोस्