Logo

सरिता गिरीद्वारा नयाँ नक्शा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा संशोधन दर्ता



काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाले नयाँ नक्शासहितको निशानछाप समेट्न ल्याएको संविधान संशोधन प्रस्ताव हिजो सर्वसम्मतले पारित गरेपछि विपक्षमा एकजना मात्र सांसद उभिएकी छिन् । उनी हुन् सरिता गिरी । गिरीले लिम्पियाधुरा नेपालको होइन भनी बोलेर विवाद बनिरहँदा आज संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

जनता समाजवादी पार्टीकी सांसद गिरीले विधयेकमा संशोधन दर्ता गराउँदै लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने स्रोत र प्रमाण नखुलाएको भन्दै हटाउनुपर्ने प्रस्ताव दर्ता गरेकी छिन् । सरकारले संधिवानको धारा ९ को उपधारा २ बमोजिम अनुसुची ३ मा राखिएको निशान छाप परिवर्तनको प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव हिजो सर्वसम्मतले प्रतिनिधिसभाले पारित गरेको थियो । तर, गिरीले दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी छिन् ।

विधयेक प्रतिनिधिसभाबाट पारित भएपनि सुझाव पेश गर्न वा संशोधन प्रस्ताव पेश गर्न हिजोबाट ७२ घन्टा समय राखेको छ । हिजोको मितिले तीनदिनपछि मात्र निर्णायक रुपमा दुई तिहाईले संविधान संशोधन पारित हुनसक्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्