Logo

एमसीसी र मन्त्रिमण्डल पूनर्गठनबारे परामर्श गर्दै प्रधानमन्त्री ओली



काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी पारित गराउनेबारे पार्टीभित्र सहमति जुटाउन आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्र एमसीसीलाई लिएर चर्को विरोध छ । अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीको विरोध गरिरहेका छन् । उनीहरुले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले आफूनिकटका नेताहरुसँग आन्तरिम परामर्शलाई बढाएका छन् । एमसीसी पारित गराउनको लागि उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगपनि छलफल गरेका छन् । एमसीसीको अलावा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्नेबारेपनि छलफल सुरु गरेका छन् । केही मन्त्रीहरुलाई बिदाई गरेर नयाँ मन्त्री नियुक्त गर्ने उनको तयारी छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot