काठमाडौं, ९ असार । भारतीय योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले कोरोना भाइरसलाई शतप्रतिशत जित्ने औषधी तयार पारेको दाबी गरेको छ । आज (मंगलबार) पतञ्जली आयुर्वेदले पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोनिल नामक औषधी सार्वजनिक गरेको छ । उक्त औषधी भारतमा प्रयोग गरेर हेरिएको पनि कम्पनीले दाबी गरेको छ ।
पत्रकार सम्मेलनमा रामदेवले भने, ‘विश्वले कोरोना भाइरसको औषधि खोजी गरिरहेको थियो। तर आज कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधि तयार भइसकेको छ। यसको नाम हामीले कोरोनिल राखेका छौँ।’

उनले औषधी सेवन गरेको ७ दिनसम्ममा कोरोना संक्रमित निको हुने दाबीसमेत गरे । उनले आफूहरुले तयार पारेको औषधीको प्रभावकारिता शतप्रतिशत रहेको पनि टिप्पणी गरे ।
News Source :
कोरोना व्हायरसवर पतंजलीचं आयुर्वेदिक औषध, 7 दिवसांत कोरोना रुग्ण बरे झाल्याचा बाबा रामदेव यांचा दावा
@PypAyurved @yogrishiramdev @Ach_Balkrishna
#Ramdev #CoronaMedicine #PatanjaliAyurved #CORONIL pic.twitter.com/u8uQLRGHKM— BBC News Marathi (@bbcnewsmarathi) June 23, 2020
Baba Ramdev’s Patanjali launches Ayurvedic medicine for Covid-19, claims 100% recovery




प्रतिक्रिया