काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितवनिवासमा भेटी पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् । ओलीले भण्डारीले राजनीतिक परिस्थित र सम्भावनाबारे ब्रिफिङ गरेका छन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको जानकारी दिए ।
रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यूले सम्माननीय राष्ट्रपतिज्यूलाई समसामयिक राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्नुभयो ।’ उनले संकटकाल घोषणा या राजनीनामाको विकल्पबारे भने कुनै छलफल नभएको बताए । उनले भने, ‘यसबारे कुनै छलफल भएको छैन र यो दुवै अहिले सम्भव छैन ।’
नेपाल कमयुनिस्ट पार्टीभित्र प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहँदा प्रधानमन्त्री स्थायी कमिटि बैठकमा नगई शितवनिवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ । उनले आकस्मिक मन्त्रिपरिषद बैठक पनि डाकेका छन् । मन्त्रिपरिषद बैठक अघि राष्ट्रपति भण्डारीलाई भेट्न पुगेबाट कुनै महत्वपूर्ण कदम चाल्न लागेको हो कि भन्ने आशंका बढेको छ ।