अमिताभ र अभिषेक दुबैलाई कोरोना


मुम्बई, असार २८ । बलिउड अभिनेता अमिताभ बच्चनको परिवारमा कोरोनाको सक्रमण पुष्टि भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अमिताभ बच्चनमा कोरोना पोजेटिभ देखिएपछि सबै परिवारको कोरोना परिक्षण गर्दा छोरो अभिषेक बच्चनमासमेत कोरोना देखिएको छ ।

नायक अभिषेक बच्चनले सामाजिक संजाल ट्विटरमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । जानकारी अनुसार अमिताभ बच्चनको अहिले मुम्बइस्थित नानावती अस्पतालमा उपचार भैरहेको छ ।

अभिषेकले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको जनाएका छन् । उनले परिवारका सम्पूर्ण सदस्य र स्टाफहरुको कोरोना परिक्षण गरिएको समेत जानकारी गराएका छन् । संक्रमण पुष्टि हुँदैमा नआत्तिनसमेत सबैसँग उनको अपिल रहेको छ ।