Logo

सुर्यराज आचार्य र मुमाराम खनालले साझा पार्टी छाडे, रवीन्द्र मिश्रलाई धक्का



काठमाडौं, २८ असार । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई धक्का परेको छ । पार्टीको सचिवालयमा रहेका सुर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेपछि धक्का लागेको हो ।

आज आचार्य र खनाल दुवैले पार्टी परित्याग घोषणा गरेका हुन् । सचिवालय बैठकमा दुवैको पार्टी पुर्नगठनको प्रस्तावमा सुनुवाई नभएपछि परित्यागको घोषणा गरेका हुन् ।

सुर्यराज मुमाराम लामो समय बौद्धिक बहस र लेखनमा सक्रिय रही राजनीतिमा सक्रिय भएका थिए । मुमाराम कुनै समय माओवादी नजिक मानिन्थे । उनले पछि उक्त दल परित्याग गरेर स्वतन्त्र जीवन बिताउँदै आएका थिए । अब उनीहरु कुन दिशातर्फ बढ्ने हुन् स्पष्ट भएको छैन । कतिपयले दुवै नेता कुनै दलमा प्रवेश गर्न लागेको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्